काठमाडौं। जेन-जी आन्दोलनकारीहरूले मंगलबार लगाएको आगोले नयाँ बानेश्वरस्थित संसद भवन पूर्ण रूपमा ध्वस्त भएको छ। आगजनीपछि संसद भवनको बाहिरी भाग कालो भएको छ भने भित्रका सम्पूर्ण संरचना र सामानहरू जलेर नष्ट भएका छन्।
संसद सचिवालयका एक कर्मचारीका अनुसार, भवनभित्र रहेका महत्त्वपूर्ण कागजात, फर्निचर, बैठक हलहरू र अन्य भौतिक संरचनाहरू आगोले पूर्ण रूपमा खरानी भएका छन्।
संसद भवनमा आगजनीपछि आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास, सिंहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय लगायतका महत्त्वपूर्ण सरकारी कार्यालयहरूमा पनि आगजनी गरेका थिए। आन्दोलनका क्रममा केही नेताका निजी निवासमा समेत क्षति पुगेको छ।