arrow

केन्द्रीय कारागारबाट टोपबहादुर रायमाझीसहित कति कैदीबन्दी भागे ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
top-bahadur-rayamajhi-arrested-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । केन्द्रीय कारागार सुन्धाराबाट अधिकांश कैदीबन्दी भागेका छन् । जेन–जीको आन्दोलनका क्रममा आगलागी र तोडफोड भएसँगै त्यसको मौका पारेर मंगलबार रातिसम्म करिब ३४ सयको हाराहारीमा कैदीहरु केन्द्रीय कारागारबाट भागेका हुन् । 

भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका नेकपा एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीसहितका रहेका छन् । 

३५ सयको हाराहारीमा कैदीबन्दी रहेकामा अहिले केवल सयदेखि डेढ सयको हाराहारीमा मात्र त्यहाँ रहेको स्रोतले बताएको छ । 

त्यहाँ नभागी रहेका कैदीबन्दीहरुमा वृद्धवृद्धा, बिरामी र अपाङ्गता भएकाहरुमात्र रहेको भित्रको स्रोतले बताएको छ । 

नख्खु जेलबाट भागेर आएका कैदीबन्दीहरु केन्द्रीय कारागारमा पसेर उनीहरुलाई भगाएको एक प्रत्यक्षदर्शी प्रहरीले जनाए । उनका अनुसार नख्खुका कैदीबन्दीहरु होहल्लासहित तोडफोड गर्दै छिरेपछि बाध्य भएर प्रहरीहरु त्यहाँबाट भागेका थिए । 

कैदीहरु भागेपछिमात्र नेपाली सेना आएर कारागारलाई नियन्त्रणमा लिएको थियो । उपचार गर्न लगिएका केही कैदीबन्दीहरुमात्र फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ