arrow

जेन-जीभित्र तन्त्रबारे विवाद, दुर्गा प्रसाईं भन्छन् - प्रधानसेनापतिसँग आगामी बाटोबारे गहिरो छलफल भयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
ashokraj-durga-prasai.jpg

काठमाडौँ । जेन-जी समूहभित्र सेनासँग वार्ताको क्रममा आपसमा मतभेद भएको छ । जेन-जीभित्र राजतन्त्र कि गणतन्त्र भन्नेमा विवाद भएको हो । 

जसका कारण प्रधानसेनापतिसँगको छलफल तत्कालका लागि रोकिएको छ । सेनाले जेन-जी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद बढेपछि जंगीअड्डा बाहिर पुगेका प्रतिनिधिलाई बिहीबारमात्रै नेतृत्वलाई लिएर आउन भन्दै माइकिङ गरेको छ ।

यता जेन-जी भित्रै अन्तरिम प्रधानमन्त्री कसलाई बनाउने भन्नेबारेसमेत विवाद देखिएको छ । एउटा समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउनुपर्ने बताएपछि अर्को समूह धरानका मेयर हर्क साम्पाङलाई बनाउनुपर्ने भन्दै जंगी अड्डा पुगेको थियो ।

त्यसअघि काठमाडौँका मेयर वालेन्द्र साह (बालेन) को नाम अगाडि थियो । तर बालेनले फोन नउठाएको भन्दै सो समूहले कार्कीलाई अगाडि सारेको बुझिएको छ । 

अर्कातर्फ एउटा समूहले राष्ट्रपतिलाई प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुको नामसमेत बुझाएको चर्चा छ । 

दुर्गा प्रसाईं सक्रिय 
यता विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि सक्रिय भएका छन् । उनले अबको बाटोका बारेमा बुधबार दिनभर प्रधानसेनापतिसँग छलफल भएको स्टाटस लेखेर सामाजिक सञ्जालमा प्रधानसेनापतिसँगको तस्बिर सार्वजनिक गरेका छन् । 

तिनै प्रसाईंसँग पनि बसेर सँगसँगै वार्ता गर्न भनेपछि अपरान्ह जेन-जी अभियन्ता रक्षा बम सैन्य मुख्यालय पुगेर वार्ता नगरी फर्केको सामाजिक सञ्जालबाटै जानकारी दिएकी थिइन् । 

यस्तो लेखेका छन् प्रसाईंले सामाजिक सञ्जालमा-

'आज दिनभर प्रधानसेनापति अशोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो। यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ—
"मलाई नेतृत्वको मोह छैन।"
देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो।
जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु।
तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन।
म जुनसुकै परिस्थितिको लागि पनि तयार छु।
आजको बिषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ।
अब चाहिएको कुरा हो— गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज।
सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ।
यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो।
अब समय आएको छ— भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर,
देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ