सबैको सहमतिमा नेतृत्व गर्न तयार छु : हर्क साम्पाङ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
1.4k
Shares
काठमाडौँ । धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफू देशको प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् ।
बुधबार साँझ जङ्गी अड्डा पुगेका उनले सबैको सहमतिमा आफू नेतृत्व लिन तयार रहेको बताएका हुन् ।
जेनजीका एक पूर्व प्रधानन्यायाधीश समूहले सुशीला कार्कीको नाम लिएपछि साम्पाङ आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेका थिए ।
सेनाको मुख्यालयमा जेन-जी समूहमा बालेन, हर्क, सुशीलालगायतका व्यक्तित्वका नाममा विवाद भएको थियो ।
जेन-जीका केहीले भने अन्तरिम सरकार जम्मा छ महिनाका लागि हुने भएकाले बालेन र हर्क जस्ता व्यक्तित्वलाई प्रधानमन्त्री बनाउन नहुने तर्क गरेका थिए ।
केही जेन-जीले प्रधानमन्त्रीमा काठमाडौँ महानगर प्रमुख वालेन्द्र साह (बालेन) हुनुपर्ने भनिरहे पनि बालेन सशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सहमत भएको चर्चा भइरहको छ ।