arrow

अबको निकाशबारे सुझाव दिँदै अर्जुन नरसिंह केसी भन्छन् - जेन-जी पुस्ता हाम्रो भविष्य हो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
arjunnarasingh-kc-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले जेन-जी पुस्ता हाम्रो नेपालको भविष्य भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै केसीले आफूले पार्टीको केन्द्रीय समितिदेखि संसदसम्म देशको बेथितिबारे चर्चा गरेको भन्दै त्यसकै उपज जेन-जी भएकोसमेत उल्लेख गरेका छन् । 

उनले अबको निकासका बारेमासमेत सुझाव दिएका छन् ।

यस्तो छ नेता केसीको भनाइ-
२३-२४ दुई दिनको यो राजनीतिक  तुफान आम जनतामा रहेको असन्तुष्टि,अविश्वास र निरासाको असंगठित र एक एकमुष्ट अभिव्यक्ति हो। यसको सामान्य ज्ञान ,सूचना र समाजको गतिशील स्पन्दन समयमै राज्य र नेतृत्वले बुझ्न नसक्नु नै आजको दुर्भाग्यपूर्ण स्थितिको उपज हो। यसबारे मैले पटक पटक लिखित रूपमा पार्टीको केन्द्रीय कार्यसमिति र संसदमा बारम्बर उठाएको हुँ । तर अहंकार र सत्ता उन्मादको महासागरमा यो अरण्य रोदनमात्र भयो । जेन-जी पुस्ता हाम्रो, नेपालको भविष्य हो । यो हिसांत्मक र विध्वंसकारी हुनै सक्तैन । कलिला विद्यार्थीहरू माथिको राज्य नृशंस हत्याले समग्र असन्तुष्टिको र अराजक र असामाजिक पक्षले प्रयोग गर्यो । अब सम्पूर्ण रूपले सामाजिक एकता र मेलमिलापको  शान्तिपूर्ण नयाँ कार्य दिशाको जरुरी छ ।

१ सर्व पक्षीय गोलमेच सम्मेलन ।
२ राष्ट्रिय सरकारको गठन ।                                             
३ आजसम्मका सम्पूर्ण चर्चित भ्रष्टाचार काण्डहरुको पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन र दण्ड (यो जेञ्जी मात्र होइन आम जनताको चासो र माग हो )।
४ नेपालीको विदेशमा रहेका सम्पत् को अनुसन्धान र अवैध जम्मा भएका छानबिन र राष्ट्रियकरण ।
५  जेन-जीसँग गम्भीर  र परिणाममुखी संवाद
६ संविधान संशोधनअघि गोलमेच सम्मेलनबाट निर्धारित विषयसमेत केन्द्रमा राखी जनमत संग्रह ।
७ विधि विहिनता, दण्डविहीनता विहीनता, भ्रष्टाचार मुक्त समाज र सुसासन जेंजी को माग हो।
 ८ यस्ता राजनीतिक आन्दोलन र तुफानहरु बरदानका रूपमा पनि आएका हुन्छन् । संस्थाहरु सुदृढ गर्ने र कमजोर अयोग्य नेतृत्वबाट योग्य र जनप्रिय नेतृत्व स्थापित गर्न सहायक सिद्ध हुन सक्छ । "In a political storm, weak leaders hide behind institutions; strong leaders strengthen them.”  Amartya Sen



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ