-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । जेनजी पुस्ताका अलग-अलग समूहबीच नै लफडा भएको छ । बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकापसमा झडप भएको छ ।
अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिच्छे छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो ।
अघि सारेको नाममा सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह, हर्क साम्पाङआदिको छ ।
कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाव सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो ।