काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय फेरि थपेको छ । सरकार कामचलाउ भएको र राष्ट्रपतिसमेत सार्वजनिक नभएको अवस्थामा सेनाले लगाएको कर्फ्युको समय काठमाडौं, ललितपुर र भक्तपुरमा थपेको हो ।
सेनाको नयाँ तालिकाअनुसार भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थपिएको हो । ‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरूबाट व्यवस्था गरिएको छ’, सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सामान्यतया जिल्ला प्रशासन कार्यालयले यस्तो निषेधाज्ञा लगाउने गरेको भए पनि यतिबेला भने मुलुकनै सेनाको हातमा छ ।