arrow

जलाइएको राष्ट्रपति कार्यालयमा सेनाको कडाइ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
shital-niwas-82-5-27oiu.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा जलाइएको राष्ट्रपतिको कार्यालय शीतलनिवासमा सेनाले कडाइ गरेको छ । अन्तरिम सरकार गठनका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पक्षहरूसँग छलफल गरिरहेका बेलामा सेनाले बल्ल कडाइ थालेको हो । 

यसअघि सेनाका परमाधिपति राष्ट्रपतिको कार्यालय जलिरहँदा बचाउने कोही थिएन । सेनाले देशभरमा काम गरिरहँदा राष्ट्रपति कार्यालय पनि सुरक्षित गर्न थालेको हो । 

राष्ट्रपति पौडेलले प्रमुख राजनीतिक दलका नेता र प्रतिनिधिहरूसँग पनि छलफल गरिरहेका छन् भने जेन–जीका प्रतिनिधिहरूसँग पनि कुराकानी गरिरहेका छन् । 

जेन–जीले बिहीबार रातिसम्म पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा सिफारिस गरे पनि विवाद कायमै हुँदा आज बिहान हुने भनिएको शपथ रोकिएको थियो । 

राष्ट्रपतिले शुक्रबार पनि छलफललाई तीव्रता दिएका छन् । राष्ट्रपतिले शीतल निवासबाटै छलफल र संवाद अघि बढाएपछि सेनाले त्यहाँको सुरक्षा बढाएको हो । 

shital-niwas-82-5-27 (16).jpg
shital-niwas-82-5-27 (15).jpg
shital-niwas-82-5-27 (14).jpg
shital-niwas-82-5-27 (13).jpg
shital-niwas-82-5-27 (12).jpg
shital-niwas-82-5-27 (11).jpg
shital-niwas-82-5-27 (10).jpg
shital-niwas-82-5-27 (9).jpg
shital-niwas-82-5-27 (8).jpg
shital-niwas-82-5-27 (7).jpg
shital-niwas-82-5-27 (6).jpg
shital-niwas-82-5-27 (5).jpg
shital-niwas-82-5-27 (4).jpg
shital-niwas-82-5-27 (3).jpg
shital-niwas-82-5-27 (2).jpg
shital-niwas-82-5-27 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ