arrow

आन्दोलनले निम्त्याएको विनाशपछि सफाई अभियानमा प्रहरी र नागरिक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
sarasafai-ktm.jpg

काठमाडौँ । जेन-जी आन्दोलनको नाममा भएको विनाशलाई सर्वसाधारण मिलेर सुधार गर्ने प्रयासमा लागेका छन्  ।

प्रदर्शनको दोस्रो दिनबाट जेन-जीहरु आफैंले पनि सरसफाइको अभियान शुरू गरेका छन् । यसैक्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागलाई पनि त्यहाँका स्थानीय प्रहरी र महानगर सबै मिलेर सफा गर्न लागेका छन् । 

सोही क्रममा कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी निरीक्षक सूर्यप्रसाद पौडेलले स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा संयुक्त टोली बनाएर सरसफाइ गरिरहेको बताए । 

उनले भने, ‘आन्दोलनका क्रममा भएको आगलागी र त्यसको सरसफाइका लागि स्थानीय क्लब, वडा र स्थानीयको संयोजकत्वमा सयुक्त टोली भएर सरसफाई गरिरहेका छाैँ । ट्राफिकहरु सवारी आवतजावत व्यवस्थापनका लागि एकदमै जरुरी छ । स्थानीयले अग्रता देखाउनुभएको छ र उहाँहरुकै अग्रतामा हामी काम गरिरहेका छौँ । यसले सकारात्मक नै सन्देश जान्छ भन्ने लाग्छ ।’ 

यस्तै, स्थानीय सुनिल केसीले आन्दोलनमा नहुनुपर्ने कामहरु पनि भएको भन्दै अब यसलाई सुधार गरेर अगाडि बढ्नुपर्ने बताए । 

उनका अनुसार प्रहरी कार्यालयलाई सुचारु गरेर जनतालाई सेवा सुविधा दिनको लागि सफाइ गर्नुपर्ने भन्दै स्थानीय, प्रहरी, काठमाडौं महानगरपालिका सबै मिलेर सफाईको अभियान सुरु गरेको बताए । 

उनले भने, ‘आन्दोलनमा नहुनुपर्ने कुराहरु भयो । तर त्यसले गरेको विनाशलाई भने सफाई गर्नुपर्छ भनेर आजको कार्यक्रम गरेका छौँ । यहाँ स्थानीय, प्रहरी, काठमाडौं महानगरपालिका सबै मिलेर सफाइको अभियानमा जुटेका हौँ । प्रहरी कार्यालयलाई सुचारु गरेर जनतालाई सेवा सुविधा कसरी दिन सकिन्छ भन्ने उद्देश्यका साथ सबै लागेका हौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ