arrow

पहिलो महिला प्रधानमन्त्री

सुशीला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री, ९ बजे शपथ, सानो मन्त्रिमण्डल

मन्त्रिपरिषदको सिफारिसपछि मात्रै संसद विघटन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
sushila-karki-file.jpg

काठमाडौँ । सुशीला कार्की नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जीहरूको आम सहमतिबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । 

कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेसँगै यो कीर्तिमान विश्वमै विरलै बन्ने कीर्तिमान बनाएकी छिन् । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राति ९ बजे उनको शपथ हुँदैछ । बाँकी काम उनको शपथपछि कार्कीले नै गर्नेछिन् । 

कार्कीको शपथको तयारी शीतल निवासमा हुँदैछ । नेपालको संविधानले राष्ट्राध्यक्ष बनाएसँगै विषम परिस्थितिको गाँठो फुकाउन राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री बनाएका हुन् । 

मन्त्रिपरिषदको सिफारिसपछि मात्रै संसद विघटन गरिने भएको छ । आजै सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ ।

संसद विघटन गर्ने सहमति भएपछिमात्र उनी प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । 

उनी भ्रष्टाचारको विरोध गर्ने खरो पूर्व प्रधानन्यायाधीश हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ