arrow

जेन-जी आन्दोलनमा ज्यान गुमाएका दुई युवकको दाहसंस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
genz-protest-parlimanet-82e.jpg

पाेखरा । जेन-जी पुस्ताकाे आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवाको दाहसंस्कार गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमापछि राप्ती नदीको सिधनियाघाटमा शनिबार दाहसंस्कार गरिएको हो ।

सुलभराज र आयुषको शव शुक्रबार नेपालगञ्ज लगिएको थियाे ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ धम्बोझी निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको आन्दोलनका क्रममा प्रहरीकाे गोली लागेर गत सोमबार निधन भएको थियाे ।

फिनल्यान्ड जाने तयारीका निम्ति आयुष काठमाडौँ आएका थिए भने सुलभराज काठमाडौँको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङका अध्ययनरत थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ