arrow

जेन-जी आन्दोलनमा पार्टी कार्यालयसहित २० माओवादी नेताका घर क्षतिग्रस्त [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
mawobadi-party-office.jpg

काठमाडौँ । जेनजी प्रदर्शनमा माओवादीका २० जना नेताका घरमा आगजनीसहित लुटपाट भएको तथ्यांक निकालिएको छ । 

माओवादी केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार भदौ २४ गते जेन-जीले गरेको प्रदर्शनमा २० जना माओवादी नेताको घर र पार्टी कार्यालयमा आगजनीसाथै लुटपाट भएको जनाइएको छ ।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालय पनि क्षतिग्रस्त छ । साथै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त भएको छ ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त पारिएको छ भने उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट भएको छ । यस्तै अन्य नेताहरुका घरमा लुटपाट र तोडफोड भएको थियो । 

यी हुन् आगजनी र लुटपाट भएका कार्यालय र नेताका घर

१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त, 
२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नावशेषमा परिणत ।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।
८. उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट ।
९. सचिव चक्रपाणि खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।
१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।
१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी ।
१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।
१८. ⁠केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।
२०. ⁠प्रदेश नं. १ को पार्टी कार्यालयमा तोडफोड ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ