arrow

भाटभटेनीमा जलेको छ जनाको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
naxal-bhatbhateni (5).jpeg
तस्बिर – फाइल, भाटभटेनी सुपरमार्केट ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ । भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।” 

उनीहरू जेन-जी आन्दोलनको सिकार भएको अनुमान गरिएको छ । शव पहिचान हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ