खण्डहर बनेको प्रधानमन्त्रीको कार्यालय, सारिँदै सामान (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
806
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ। २०३० सालको आगलागी र २०७२ सालको गोरखा भूकम्पले क्षति पुर्याएर रेट्रो फिटिंग गरी पुनः प्रयोगमा ल्याइएको सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय रहेको थियो।
भाद्र २३ गते भएको जेनजी आन्दोलन र त्यस पछि भाद्र २४ को आगजनीले नेपालको प्रमुख प्रशासनिक भवनको रूपमा समेत रहेको सिंहदरबार अहिले खण्डहर बनेको छ। सो भवनको पश्चिम भाग पूर्ण ध्वस्त भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सामान सार्दै
जेनजी आन्दोलनमा आगजनी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नयाँ भवनमा सारिएको छ। कार्यालय सारिएसँगै पुरानो कार्यालयमा जल्नबाट जोगिएको सामान नयाँ भवनमा सारिएको छ। आज मन्त्रालयका कर्मचारीहरूले कार्यालयका विभिन्न फर्निचर लगायतका सामानहरू सारेका हुन्।