arrow

अन्तरिम सरकार गठनपछि उपत्यकाको जनजीवन सामान्य [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
bazar-ktm.jpg

काठमाडौं । अन्तरिम सरकार गठन भएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ। नागरिकहरू आवश्यक सामान किन्न र कार्यालय जान बाहिर निस्कन थालेका छन्।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएको छ र सोमबार मन्त्रिपरिषद् विस्तारको तयारी छ। अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल को शपथ ग्रहण हुने बताइएको छ।

यद्यपि, जेन-जी समूहका अगुवा सुदन गुरुङको समूहले प्रधानमन्त्री कार्कीले आफूहरूसँग वार्ता नगरी मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै आइतबार राति बालुवाटारमा विरोध प्रदर्शन गरेको थियो। उनीहरूले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै सरकारले आफ्ना माग पूरा नगरे पुनः सडकमा आन्दोलन जारी राख्ने र सरकार ढाल्नेसमेत चेतावनी दिएका छन्।

यसका बाबजुद, दशैं, तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा उपत्यकामा चहलपहल बढेको छ। गाउँ फर्कनेहरूको चटारो पनि सुरु भइसकेको छ। यसले गर्दा बजारमा सामान किन्न आउनेहरूको उपस्थिति उल्लेखनीय देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ