तस्बिर– प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । भदौ २३ गते भएको जेन–जी आन्दोलनमा ज्यान गुमाएका जेन–जी शहीदको शवयात्रा गरिएको छ । शिक्षण अस्पताल महाराजगञ्जबाट शवयात्रा पशुपति आर्यघाटमा गएको हो ।
शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुगेको छ । शवयात्रामा मन्त्रीद्वय कुलमान घिसिङ र ओमप्रकाश अर्याल पनि रहेका छन् ।
१० जनाको शव र्यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकोप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।
सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ गर्ने निर्णय गरिसकेको छ ।