arrow

ढुङ्गामुढाका कारण समयमै दमकल पुग्न सकेन: महानगर प्रहरी प्रमुख

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
raju-pandey-11.jpg

काठमाडौँ। काठमाडौँ महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले जेन-जी आन्दोलनकारीले गरेको आगजनीको समयमा दमकल प्रयोग गर्न खोज्दा ढुङ्गामुढा भएको कारणले आगो निभाउन ढिलाइ भएको बताएका छन्।

महानगर प्रहरीले समयमै दमकल नपठाएको जनगुनासोबारे स्पष्टीकरण दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। पाण्डेले आन्दोलन, आगजनी र तोडफोडका कारण दमकलहरू सडकमा निस्किन नसकेको बताए।

आगो निभाउने प्रयास र चुनौती
पाण्डेका अनुसार, भदौ २४ गते साँझ बौद्धबाट दमकल निस्किन खोज्दा चाबहिलमा दमकल र नेपाली सेनाको गाडीमा समेत ढुङ्गामुढा भएको थियो। उनले राति ८:१५ बजेदेखि ९:४५ बजेसम्म सिंहदरबारमा दुई वटा दमकल परिचालन गरी आगो नियन्त्रणमा ल्याएको बताए।

उनका अनुसार, नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएपछि आगो निभाउन सहज भएको थियो। महानगर प्रहरीले भाटभटेनी, हिल्टन, सर्वोच्च अदालत र सिंहदरबार लगायतका स्थानहरूमा पनि दमकल परिचालन गरेको बताएको छ।

पाण्डेले दमकल जानसक्ने अवस्थामा महानगरले कुनै ढिलाइ नगरेको स्पष्ट पारे। उनले थपे, "हामीले सुरक्षाको प्रत्याभूतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरेका हौँ।" उनले महानगर प्रहरी घाइतेको उपचार र खानपानको व्यवस्थामा पनि खटिएको दाबी गरे। काठमाडौँ महानगरपालिकाले उपत्यकामा पाँच वटा दमकल परिचालन गरेको जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ