arrow

जेन-जी आन्दोलनमा भएको क्षतिको छानबिन गर्न शान्ति समाजको माग

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जिम्मेवार ठहर गर्दै कानुनी कारबाही गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
genz-82-5-23vbvvfv.jpg

काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले ४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको छानबिन गर्न माग गरेको छ।

समाजले आन्दोलनका क्रममा अन्धाधुन्ध गोली चलाएर दर्जनौँ निहत्था नागरिकको हत्याका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई जिम्मेवार ठहर गर्दै उनीहरूलाई कानुनी कारबाही गर्न माग गरेको छ।

यसैगरी, समाजले जनधनको अपार क्षति सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पनि सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा, जेन-जी आन्दोलन सफल भएपछि पनि भदौ २४ गते सार्वजनिक सम्पत्ति, प्रेस र नागरिकका निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्नहरूको पहिचान गरी उनीहरूलाई दण्डित गर्नुपर्ने धारणा पनि राखिएको छ।

समाजले राज्यको ढुकुटी दोहन गर्दै पूर्व विशिष्ट व्यक्तिहरूलाई दिँदै आएको सेवा र सुविधा तत्काल कटौती गर्न पनि माग गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ