arrow

कोरला नाकाबाट ३४ करोडभन्दा बढी राजस्व संकलन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
korala-naka-upper-mustang.jpg

काठमाडौँ । रसुवा भन्सार कार्यालय बाढीका कारण पूर्णरूपमा बन्द र तातोपानी भन्सार कार्यालय पहिरोका कारण अवरुद्ध भएपछि नेपाल-चीन व्यापारलाई सहज बनाउन मुस्ताङको कोरला नाका पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ ।

भदौ ३० गतेदेखि औपचारीक रुपमा सञ्चालनमा आएको यस नाकाबाट असोज ४ गतेसम्म २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधनमार्फत आयात भएका सामान जाँचपास गरिएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ राजस्व संकलन भएको छ ।

हाल कोरला नाकामा आशिकुडा प्रणाली पनि सञ्चालनमा आइसकेको छ । साथै नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई पनि चिनियाँ भूभाग हुँदै प्रतितपत्र (एलसी) मार्फत सामान आयात गर्न एकीकृत परिपत्र-२०८१ मा समावेश गरिएको छ ।

सरकारले रसुवा र तातोपानी मार्गमा अवरोध कायम रहँदा वैकल्पिक भन्सारमार्फत व्यापारमा निरन्तरता दिन थालेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ