राष्ट्रपतिले संविधान जोगाउन आँट गरे: सीपी मैनाली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
1k
Shares
काठमाडौं। नेकपा (माले) का महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले आँट गरेर मात्रै नेपालको संविधान जोगिएको बताएका छन्। उनले पश्चिमा र अन्य शक्तिहरूले नचाहँदा नचाहँदै पनि राष्ट्रपतिले आफूमा अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जोगाउने आँट गरेको भन्दै उनको प्रशंसा गरे।
आइतबार काठमाडौंमा आयोजित प्रगतिशील लेखक संघ, नेपालको एक कार्यक्रममा बोल्दै मैनालीले निर्वाचनका लागि राजनीतिक दलहरूले संसद पुनःस्थापनाको माग राखेर आन्दोलन गर्न नहुने बताए। उनले जेन-जी पुस्ताको माग तत्काल पूरा गराउने हो भने पनि मुलुकमा चुनाव हुन नसक्ने जिकिर गरे।
मैनालीका अनुसार, बाह्य शक्तिहरूले नेपालमा संविधान मास्नका लागि चलखेल गरिरहेका छन्। उनले राष्ट्रपति पौडेलले संविधानको परिधिभित्रै रहेर काम गरेको र यसलाई नराम्रो मान्न नहुने धारणा राखे। उनले भने, "उनले राष्ट्रपतिमा रहेको निहित अधिकारलाई प्रयोग गर्दै संविधानलाई रक्षा गर्ने अन्तर्निहित अधिकार र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने अधिकारलाई प्रयोग गरेर संसद बाहिरको भए पनि प्रधानमन्त्री नियुक्त गरेका छन्।"
महासचिव मैनालीले मुख्य राजनीतिक दलहरूले गलत काम गरेका कारण मुलुकमा विपत्ति आएको पनि दोहोर्याए।