arrow

वीरगञ्ज नाकाबाट निर्यातमा उत्साहजनक वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
Birgunj-Bhansar.jpeg

वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा वीरगञ्ज भन्सार नाकाबाट हुने निर्यातमा १८१ प्रतिशतको उच्च वृद्धि भएको छ। यो अवधिमा नाकाबाट १७ अर्ब तीन करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन्।

गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा चालु आवमा १० अर्ब ९८ करोड रुपैयाँभन्दा बढी को वस्तु निर्यात भएको हो, जबकि गत वर्ष पहिलो दुई महिनामा जम्मा ६ अर्ब पाँच करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले यो वृद्धिलाई उत्साहजनक भन्दै गत वर्ष १:२० रहेको वैदेशिक व्यापार (आयात:निर्यात) को अनुपातमा सुधार भई अहिले १:६० मा पुगेको जानकारी दिएका छन्।

चालु आवको दुई महिनामा निर्यात भएका मुख्य वस्तुहरूमा प्रशोधित तेलहरूको प्रभुत्व देखिएको छ। यस अवधिमा ८ अर्ब ८४ करोड रुपैयाँ मूल्यको ४ करोड २८ लाख २४ हजार ८७१ लिटर प्रशोधित भटमासको तेल निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा धेरै ठूलो वृद्धि हो।

त्यस्तै, १ अर्ब १७ करोड रुपैयाँ मूल्यको ३ करोड ४१ लाख १३ हजार २३० लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ, जुन गत वर्ष नगण्य मात्रामा मात्रै निर्यात भएको थियो।

यद्यपि, फलफूलको जुस निर्यातमा भने सामान्य गिरावट आएको छ। चालु आवको दुई महिनामा १ अर्ब २४ करोड रुपैयाँ मूल्यको जुस निर्यात भए पनि यो गत आवको सोही अवधिको (१ अर्ब २९ करोड) तुलनामा थोरै कम हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ