arrow

सरकार गोलीले ढलेका नवयुवकका बलिदानीलाई अपमान गर्न उद्धत : खुश्बू ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
khusbu-oli-rpp.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य एवं युवा नेतृ खुश्बू ओलीले अहिलेको अन्तरिम सरकार तातो गोली खाएर ढलेका नवयुवकका बलिदानीलाई अपमान गर्न उद्धत रहेको आरोप लगाएकी छन् ।

राप्रपा निकट युवाहरूले काठमाडौँको माइतीघरमा शनिबार गरेको सरकारविरुद्ध प्रदर्शनका क्रममा ओलीले यस्तो आरोप लगाएकी हुन् ।
जेनजी पुस्ताको माग अनुसार अन्तरिम सरकारले काम नगरेको उनले बताइन् ।

ओलीले अन्तरिम सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीको भावनालाई लत्ताएर सरकार परिवर्तनमात्र उपलव्धिको रुपमा लिएर अघि बढ्न खोजेकोसमेत आरोप लगाइन् ।

क्रान्तिपछि बनेको सरकारले संविधान संशोधनको पहल नगर्नु, जेनजी विद्रोहलाई बर्बर दमन गर्नु, तत्कालीन राज्य सञ्चालकलाई कारबाहीको प्रक्रिया शुरू नगर्नुले सशंकितमात्र बनाएको उनको भनाइ छ ।

उनले क्रान्तिको बलमा संसद् विघटन गरेर संसदभन्दा बाहिरबाट बनेको सरकारले क्रान्ति र सहादतमाथि बेइमानी गरेको बताइन् ।

क्रान्तिको भावना विपरीत जाने छुट आजको अन्तरिम सरकारलाई नभएको भन्दै उनले असफल राजनीतिक दलका नेताहरू पुनः राजनीतिक क्रियाकलापमा फर्किनु उचित नभएकोसमेत बताइन् ।

शहीदका रगत सुक्न नपाउँदै र खरानी भएका संरचनामाथि टेकेर पुनः यिनै असफल राजनीतिक दलका नेताहरूले मुन्टो उठाउने ढृष्टता गर्नुले ऐतिहासिक बलिदानीमाथि उपहास गरेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ