arrow

जेन-जी घाइतेलाई शरीरको भन्दा पनि आन्दोलनको म्यान्डेटको चिन्ता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
mahabir-pun-minister.jpg

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरूलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता रहेको बताएका छन् । 

शनिबार वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेन-जी आन्दोलनका घाइतेलाई भेट्दै उनले बिरामीहरूको उपचार राम्रै भइरहेको भन्दै उनीहरूलाई आन्दोलनको मागको बढी चिन्ता रहेको बताए । 

उनले भने, ‘बिरामीहरूका माग वा मुद्दा भनेको जेन-जी आन्दोलनको माग हो । यसकै लागि लडेको हो । हाम्रो माग पूरा हुनुपर्छ भन्ने छ । उनीहरूको स्वास्थ्यको कुरा गर्ने हो भने उपचार राम्रै भइरहेको छ । उहाँहरुलाई आफ्नो शरीरको चिन्ता भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने कुराको चिन्ता छ ।’

उनले ट्रमा सेन्टरमा दुई जना पढ्ने विद्यार्थी पनि रहेको भन्दै सञ्चो भएपछि पढाइको विषयमा पछि जे गर्नुपरे पनि गर्न तयार रहेको आश्वासन दिएको बताए ।

हालका लागि अन्तरिम सरकारले जे घोषणा गरेको छ, त्यही अनुसारको काम हुने पनि उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ