प्रधानमन्त्रीले जेन-जी आन्दोलनमा मृत्यु भएका तीन परिवारलाई भेट्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
1.1k
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेन-जी आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट्ने भएकी छन् ।
प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेट्ने छिन् ।
बिहीबार दिउँसो पौने तीन बजेदेखि ३ बजेसम्म उनको परिवारलाई वनस्थली गएरै कार्कीले भेट्ने समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसपछि कार्कीले नागर्जुन-३ मा मृतक कान्छी नगरकोटीको परिवारलाई १५ मिनेट भेट्ने कार्यक्रम तय भएको छ ।
त्यसपछि भने प्रधानमन्त्री कार्की कीर्तिपुरस्थित मैत्रीनगर जाने र त्यहाँ मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेट्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दशैँमा टीका नलगाने बताइसकेकी छन् ।