arrow

दशैँमा मानव अधिकार आयोगमा एउटामात्र उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
manab-adhikar_aayog.jpg

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दशैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ ।

शुक्रबारसम्ममा जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लङ्घन भएको एउटा घटनाको उजुरी प्राप्त भएको र त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

सार्वजनिक बिदा तथा चाडपर्वका बेला सर्वसाधारणको आवतजावतमा कठिनाइ हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ