काठमाडौँ । गत भदौ २३ र २४ गते देशभरि भएको जेन-जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट कैदीबन्दी भागेका छन् । जसमा २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार छ सय ४६ जना छन् ।
जसमध्ये २९ हजार दुई सय २४ जना कारागारका छन् भने एक हजार चार सय २२ जना सुधार गृहका कैदी हुन् ।
यसमध्ये, जेन-जी आन्दोलनमा कुल १४ हजार पाँच सय ५६ जना कैदी भागेका थिए । जसमा कारागारबाट भागेका कैदी १३ हजार पाँच सय ८९ जना छन् भने सुधारगृहबाट भागेका कैदी नौ सय ६४ जना छन् ।
नभागेका कुल कैदी १५ हजार पाँच सय २५ छन् भने त्यसमा कारागारका १५ हजार एक सय ६२ छन् भने सुधारगृहबाट छ सय ६३ जना छन् ।
यसका साथै भागेकामध्ये कुल आठ हजार आठ सय ५१ जना कैदी फिर्ता आएका छन् । त्यसमा कारागारका आठ हजार पाँच सय १० छन् भने सुधारगृहका तीन सय ४१ जना छन् ।
कुल कैदी पाँच हजार छ सय ९७ जना आउन बाँकी छन् भने यसमा कारागारतर्फ पाँच हजार ७९ जना छन् भने सुधारगृहतर्फ छ सय १८ जना छन् ।
यसै क्रममा १० कैदीको मृत्यु पनि भएको छ जसमध्ये पाँच जना कारागारका पाँच जना सुधार गृहका छन् ।
हाल कुल कैदीको संख्या २४ हजार दुई सय २८ जना छन् । यसमा कारागारका २३ हजार चार सय ३० छन् भने सुधारगृहतर्फ सात सय ९८ जना छन् ।