'स्न्यापब्याक' संयन्त्रपछि इरानको अडान: फ्रान्स, बेलायत र जर्मनीसँग वार्ता नगर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
2.3k
Shares
काठमाडौँ। संयुक्त राष्ट्र संघको प्रतिबन्धहरू पुनः लागू गर्न 'स्न्यापब्याक संयन्त्र' सुरु गर्ने कदम चालेपछि इरानले फ्रान्स, बेलायत र जर्मनी (युरोपेली त्रिकोण) सँग वार्ता नगर्ने अडान लिएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले तेहरानमा आयोजित साप्ताहिक प्रेस ब्रिफिङमा तीन युरोपेली शक्तिहरू र संयुक्त राज्य अमेरिकाले हालै गरेको इरान विरोधी कारबाहीको प्रभाव र परिणामहरू बारे इरानले विचार गरिरहेको बताए।
प्रवक्ता बगाईले कुनै पनि वार्ताले देशको राष्ट्रिय हितको सेवा गर्नुपर्ने कुरामा जोड दिँदै इरानले कहिल्यै वार्ताको लागि भिख नमाग्ने स्पष्ट पारे। उनले सरकार फलदायी हुनसक्ने महसुस गरेपछि मात्रै कूटनीतिको निर्णय लिने बताए। वार्ता दुईतर्फी प्रक्रिया भएकाले राष्ट्रिय हित, सुरक्षा र मर्यादाको रक्षा गर्नुपर्ने उनको भनाइ छ।
गत सेप्टेम्बरमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले प्रतिबन्ध राहत विस्तार गर्न असफल भएपछि युरोपेली त्रिकोणले वाशिंगटनसँगको समन्वयमा अगस्टमा स्न्यापब्याक संयन्त्रको आह्वान गरेको थियो। यो संयन्त्रले इरानमाथि संयुक्त राष्ट्र संघको प्रतिबन्धहरू पुनः लागू गर्ने बाटो खोलेको छ।
इरानले यसअघि गत वर्ष सेप्टेम्बरदेखि यी तीन देशहरूसँग आफ्नो आणविक कार्यक्रम र प्रतिबन्ध राहतमा केन्द्रित धेरै चरणका वार्ताहरू गरिसकेको छ।