arrow

सिंहदरबारबाट जलेका सवारीसाधन हटाउन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
genzcar.jpg

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनीबाट क्षतिग्रस्त भएका सवारीसाधनहरू हटाउन आजदेखि भारी उपकरण प्रयोग गरेर काम शुरु गरिएको छ।

सडक विभागले दिएको जानकारीअनुसार आगजनीमा क्षतिग्रस्त भएका एक हजार सवारीसाधनहरू हटाउन विभागका चार वटा भारी उपकरण प्रयोग गरिएको छ। हालसम्म २०० वटा चारपाङ्ग्रे र ४०० दुईपाङ्ग्रे सवारीसाधन व्यवस्थापन गरिसकिएको छ।

जलेका यी सवारीसाधनहरूलाई व्यवस्थापनका लागि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा राखिएको छ।

विभागका कर्मचारी विष्णुकुमार महर्जनले राससलाई जानकारी दिँदै सिंहदरबारभित्र जलेका सवारीसाधनको व्यवस्थापन पूरा भएपछि अन्य स्थानमा रहेका जलेका सवारीहरू पनि उठाउने काम गरिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ