arrow

जेन-जी आन्दोलनका प्रत्येक शहीदका परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
nirwan-chaudhary-cg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालको अग्रणीऔद्योगिक प्रतिष्ठान चौधरी ग्रुपले जेन-जी आन्दोलनका प्रत्येक शहीदका परिवारलाई रोजगारी दिने भएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं उद्योगपति निर्वाण चौधरीले सामाजिक सञ्जालमा उक्त घोषणा गरेका हुन् । 

उनले यो केवल वाचा मात्र नभइ गहिरो कर्तव्य र श्रद्धा भएको उल्लेख गरेका छन् । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सीजीको करिब छ अर्ब बराबरको क्षति भएको थियो । 

उक्त क्षतिलाई बिर्सेर चौधरीले आफ्नो कर्तव्य सम्झेर शहीदका परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेका हुन् । 

उनले शहीद परिवारलाई सम्पर्क गर्ने प्रयास गरिरहेको भन्दै चौधरी ग्रुपको कर्पोरेट कम्युनिकेसन विभागसँग सम्पर्क गर्नसमेत आग्रह गरेका छन् । 

यस्तो छ उनको स्टाटस-
'Gen Z आन्दोलनका शहिदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जलि एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान ब्यक्त गर्दछौँ। 
उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा  दिएको छ। 
यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ। यस कठिन समयमा चौधरी ग्रुप शहिद परिवारप्रति उच्च सम्मान ब्यक्त गर्न निम्न अनुसारको प्रतिबद्धता व्यक्त गर्न चाहन्छ—
👉 Gen Z आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ।
यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।
हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ । 
 हाम्रो टिमले समपुर्ण शहिद परिवारलाई सम्पर्क गर्दैछौं, यद्यपि यसका लागि यहाँहरूले चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन बिभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर 9851224000 मा सम्पर्क गर्नुहुन अनुरोध छ । 🇳🇵🙏'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ