arrow

विश्व हुलाक दिवस मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
post-office.jpg

काठमाडौँ । आज (अक्टोबर ९) विश्वभर 'स्थानीय सेवा, विश्वव्यापी पहुँच' नाराका साथ विश्व हुलाक दिवस मनाइँदै छ। सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ।

सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक सङ्घको महासभाले यो दिवस घोषणा गरेपछि विश्वका विभिन्न देशहरूले यसलाई वार्षिक रूपमा मनाउँदै आएका छन्। यो दिवसमा धेरै देशका हुलाक सेवाहरूले नयाँ हुलाक उत्पादन र सेवाको प्रवद्र्धनात्मक कार्यक्रम पनि गर्ने गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्व हुलाक दिवसको अवसरमा एक सन्देश जारी गर्दै हुलाकको महत्त्वमाथि प्रकाश पारेका छन्। उनले हुलाकका माध्यमबाट सहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम भएको र हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ तथा सहरलाई जोडेर विश्वलाई सबैको पहुँचमा पुर्‍याएको उल्लेख गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ