arrow

एनटीइके-जेड समूहको आजको आन्दोलन स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
gen-z-andolan.jpg

काठमाडौँ । जेनजीहरूको एक समूहले बिहीबार गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ । एनटीईके-जेड समूहको नामबाट असोज २३ गते गर्ने भनेको आन्दोलन स्थगित भएको हो ।

एनटीईके-जेड समूहले बुधबार साँझ विज्ञप्ति जारी गर्दै बिहीबार हुने शान्तिपूर्ण प्रदर्शन स्थगित भएको जानकारी गराएको हो ।

‘साथीहरुले २०८२/६/२२ गते केन्द्रीय कमिटीको मिटिङ बसेर गरेको छलफलमा बिहीबार मिति २३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके-जेडका केन्द्रीय पदाधिकारीहरूले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्तगित गर्ने निर्णय गरिएको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

एनटीईके-जेड समूहले छलफल गरी आउने समयमा हुने शान्तिपूर्ण आन्दोलनको मिति जानकारी गराउने निर्णय गरेको समेत बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ