काठमाडौँ । नेपालीहरुको दोस्रो महान् चाड तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुमा किसानहरु मखमली फूल टिप्न व्यस्त देखिन्छन् ।
वैशाख, जेठमा लगाएका मखमली फूल दशैं भन्दा अगाडि साउन, भदौ महिनामा टिपिने र विदेश निर्यात गरिने स्थानीय किसान लक्ष्मी नगरकोटीले बताइन् । दशैंपछि तिहारका लागि फूल टिपिने उनले जानकारी दिइन् ।
प्रतिगोटा मालाको मूल्य २२ देखि २३ रुपैयाँमा बिक्री हुने र व्यवसायीहरु घरमै माला लिन आउने उनले बताइन् ।
हाल यहाँका किसानहरूले बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम हुने गरेको छ । अहिले फूल किसानलाई भ्याइनभ्याइ छ ।