arrow

तिहारका लागि देशमै पर्याप्त फूल उत्पादन [भिडियो]

'आयात गर्नुपर्ने अवस्था छैन' भन्दै किसान उत्साहित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
flower-sayapatri-tihar.jpg

काठमाडौं। नेपालीहरूको महान पर्व तिहार नजिकिँदै गर्दा मखमली र सयपत्री फूलको माग तीव्र रूपमा बढेको छ, तर नेपालका किसानहरूले यस वर्ष आयात गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। व्यावसायिक फूल खेतीबाट स्थानीयस्तरमै पर्याप्त उत्पादन भएकाले आत्मनिर्भरता बढेको उनीहरूको भनाइ छ।

नेपाल सयपत्री फूल उत्पादक संघका अध्यक्ष बालकृष्ण चौलागाईंले तिहार चाँडो परेका कारण गाउँघरमा फूल उत्पादन पर्याप्त नभए पनि व्यावसायिक फूल खेती गर्ने किसानहरू राम्रो आम्दानी हुने आशामा रहेको बताए। उनले अहिले स्थानीयस्तरमै उत्पादन बढ्न थालेकोले अब भारतबाट फूल आयात गर्न नपर्ने र सरकारले बजार व्यवस्थापन गरे नेपालमै प्रशस्त फूल उत्पादन गरी तिहारको माग धान्न सकिने विश्वास व्यक्त गरे।

फ्लोरिकल्चर एसोसिएसनका अनुसार तिहारको समयमा देशभर झन्डै पचास लाख रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने गरेको छ, जसमध्ये काठमाडौं उपत्यकामा मात्र ६० प्रतिशत खपत हुन्छ। यसरी स्थानीय उत्पादनले आयात प्रतिस्थापनमा योगदान पुर्‍याउँदै कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ