arrow

सेनाको स्पष्टीकरणः जेन–जी आन्दोलनको मात्रा र तीव्रता अनुमानभन्दा ठूलो रह्यो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
army-press-meet-82-6-31 (1).jpg

काठमाडौँ । नेपाली सेनाले विश्वमा परिवेशमा देखिएको आन्दोलनका तुलनामा नेपालको जेन–जी आन्दोलन अनुमान गरिएभन्दा तीव्र र व्यापक रहेको निष्कर्ष निकालेको छ । 

सैनिक मुख्यालय जङगी अड्डामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जेन–जी आन्दोलनबाट सुरक्षा समस्या बढ्ने आँकलन गरिए पनि  मात्रा र तीव्रता अनुमान गरिएभन्दा ठूलो रहेको जानकारी दिइयो ।

सेनाको युद्धकार्य महानिर्देशक पवनजङ्ग थापाले जेन–जी आन्दोलन विश्वव्यापी तरङ्ग देखिएकामा यहाँ भने अचानक र व्यापक रहेकाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयनका लागि सुरक्षाको वस्तुपरक विश्लेषण गरी आवश्यकताको सिद्धान्तका आधारमा अघि बढेको जानकारी दिए ।

त्यसपछिको परिस्थितिमा सेनाले न्यायपालिका, अन्य सुरक्षा निकाय र राष्ट्र सेवक कर्मचारीको सहयोग र समन्वयमा शान्ति र स्थिरता कायम राख्ने विषयमा  सन्तुलित ढङ्गले कार्य गर्दै आएको उनले बताए । सोही विभागका निर्देशक मनोज थापाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न वस्तुगतढङ्गले आवश्यक पहल गरेको स्पष्ट पारे । 

आन्दोलनपछि अहिलेको अवस्था र परिणामबाटै सेनाको कस्तो खालको नियत रहेको थियो भन्ने आँकलन गर्न सकिने बताउँदै उनले स्थिति सामान्यीकरण गर्न गरिएको बहुआयामिक प्रयासलाई वस्तुपरक ढङ्गबाट बुझ्ने र विश्लेषण गर्नुपर्नेमा जोड दिए । 

 सेनाको बहुआयामिक भूमिका रहेकाले अग्रपङ्क्तिमा रहेर नागरिकको जीवन रक्षा र उद्धारका कार्यमा खटिँदै आएको स्पष्ट पार्दै सहायकरथी थापाले सेनाले शान्तिपूर्ण निकासका लागि सबै पक्षसँग आवश्यक परामर्श गर्नुपर्ने आवश्यकता महसुस गरेर नै विभिन्न समूहसँग छलफल गरेको बताए । 

उनले देश र जनहितका लागि अरु सबै सुरक्षा फौजसँग हातेमालो गरी काम गरिरहेको पनि जानकारी गराइयो ।

जेन-जी आन्दोलनमा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी हुँदा सेना मूकदर्शक भएर बसेको भन्दै चर्को आलोचना भएको थियो । सेनाले सेनाका परमाधिपति राष्ट्रपतिको कार्यालयसँगै मुलुककै सबैभन्दा ठूलो प्रशासनिक स्थल सिंहदरबार जल्दासमेत वास्ता नगरेको आरोप खेपिरहेको छ ।

सञ्चारकर्मीको प्रश्नको जवाफमा सेनाले जेन–जी आन्दोलनपछिको विषम परिस्थितिमा चुनावका लागि केही सुरक्षा चुनौती भए पनि क्रमशः शान्ति सुरक्षाको वातावरण बन्दै जाने विश्वास उनको थियो । 

चुनावका लागि सुरक्षासम्बन्धी रणनीतिक योजना तयार गरी क्रमशः कार्यान्वयन गरिँदै लगिने सहायकरथी थापाले स्पष्ट पारे । 

 सेनाका प्रवक्ता राजाराम बस्नेतले मुलुकको प्रतिरक्षा, विश्वशान्ति,  वन्यजन्तु तथा पर्यावरण संरक्षण, पूर्वाधार विकास, ऐतिहासिक धरोहरको  संरक्षण तथा  आपत्कालीन उद्धारजस्ता कार्यमा सेनाले महत्त्वपूर्ण कार्य गर्दै आएको बताए । 

उनले गौरवमय इतिहास, पहिचान, परम्परा  तथा संस्कृतिसँग गहिरोसँग जोडिएको सेनाले राष्ट्रको सार्वभौमसत्ता, अखण्डता, स्वाधिनता र एकताको रक्षा गर्दै आएको बताए । 

त्यस अवसरमा यस वर्षको मनसुन  विपद् व्यस्थापनका क्षेत्रमा संलग्न सबै सरोकारवाला पक्षसँगको सहकार्य, सहयोग र समन्वयमा प्रभावकारी कार्य भएकाले विगतका तुलनामा जनधनको क्षति न्यून गर्न सकिएको जानकारी दिइयो । 

मुुलुकको सर्वाधिक महत्त्वपूर्ण राष्ट्रिय गौरवका आयोजना काठमाडौँ–तराई मधेस दू्रतमार्गको हालसम्मको समग्र प्रगति करिब ४३ प्रतिशत रहेकाले तोकिएको मिति र बजेटमा आयोजना सम्पन्न गर्ने दृढता व्यक्त गरियो ।

army-press-meet-82-6-31 (11).jpeg
army-press-meet-82-6-31 (12).jpeg
army-press-meet-82-6-31 (13).jpeg
army-press-meet-82-6-31 (14).jpeg
army-press-meet-82-6-31 (15).jpeg
army-press-meet-82-6-31 (16).jpeg
army-press-meet-82-6-31 (17).jpeg
army-press-meet-82-6-31 (18).jpeg
army-press-meet-82-6-31 (19).jpeg
army-press-meet-82-6-31 (20).jpeg
army-press-meet-82-6-31 (21).jpeg
army-press-meet-82-6-31 (22).jpeg
army-press-meet-82-6-31 (23).jpeg
army-press-meet-82-6-31 (1).jpeg
army-press-meet-82-6-31 (2).jpeg
army-press-meet-82-6-31 (3).jpeg
army-press-meet-82-6-31 (4).jpeg
army-press-meet-82-6-31 (5).jpeg
army-press-meet-82-6-31 (6).jpeg
army-press-meet-82-6-31 (7).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ