arrow

विदेशी आयात रोकिएपछि फूलमा कालोबजारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
flower-ktm.jpg

काठमाडौँ । तिहारमा फूल महंगो भएको उपभोक्ताले गुनासो गरेका छन् ।

विदेशी फूल आयातमा रोक लगाएपछि फूल महंगो हुन पुगेको हो । 

बजारमा पर्याप्त फूल नभएको कारण महंगो हुन पुगेको उपभोक्ताको गुनासो छ ।

विगतका वर्षमा झुप्पाको आठ सय रुपैयाँमा किन्ने गरेको फूल अहिले एउटैको एक हजार दुई सय रुपैयाँसम्म पर्ने गरेको उपभोक्ताको भनाइ छ । 

नेपाली फूलले मात्रै बजारलाई नधान्ने देखिएको छ ।

विदेशी फूल आयातमा रोकले झनै कालोबजारी बढेको उपभोक्ताले बताएका छन् । 

प्लाष्टिकको फूल रोकेकोमा भने उपभोक्ताले स्वागत गरेका छन् ।

उनीहरूले बजार अनुगमनको पनि खाँचो  औँल्याएका छन् । 

फूलैफूलको पर्व भनेर चिनिने तिहार पर्वको फूल किन्ने उपभोक्ताको बजारमा घुँइचो लागेको छ । 

काठमाडाँै महानगरपालिकाले तिहारका लागि फूल र माला बेच्नको लागि ३२ स्थान तोकिदिएको छ । 

सोमबार लक्ष्मीपूजा भएकोले पनि बजारमा फूल किन्नका लागि विशेष चहलपहल बढेको हो ।

तिहारमा नेपालीले फूलले घर सजाउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ