arrow

जेन-जी आन्दोलन र चाडवाडका बाबजुद असोजमा मालपोतबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
malpot.jpg.jpeg

काठमाडौँ। गत असोज महिनामा देशभरका मालपोत कार्यालयहरूले कूल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेका छन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुई दर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो। चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भए पनि राजस्व सङ्कलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

विभागका अनुसार, गत असोजमा सेवा करबापत रु २१ करोड ३० लाख ७५ हजार दुई सय ६०, रजिष्ट्रेशन शुल्कबापत रु एक अर्ब ४४ करोड १६ लाख ८७ हजार सात सय ५५ र पुँजीगत लाभकरबापत रु एक अर्ब छ करोड १९ लाख ३५ हजार पाँच सय ३७ सङ्कलन भएको छ।

कार्यालयगत रूपमा हेर्दा, मालपोत कार्यालय चाबहिल (काठमाडौँ) ले रु २७ करोड ४२ लाख ९६ हजार दुई सय १० सङ्कलन गरेको छ। आगलागी र तोडफोडमा परेको कलङ्की मालपोत कार्यालयले पनि रु ४१ लाख ५० हजार तीन सय ७१ बराबरको राजस्व सङ्कलन गरेको छ। यस्तै, मालपोत कार्यालय बुटवलले रु पाँच करोड तीन लाख ५६ हजार छ सय ३९, मालपोत कार्यालय दमक (झापा) ले रु दुई करोड ८६ लाख ४१ हजार तीन सय ९० र मालपोत कार्यालय मनमैजु (काठमाडौँ) ले रु चार करोड ७७ लाख २३ हजार तीन सय ६१ बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ।

गत असोजमा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएका छन् भने दुई हजार चार सय ४२ वटा नामसारी, २३ हजार नौ सय १४ वटा रोक्का र १७ हजार नौ सय ३० वटा फुकुवा भएका छन्। विभागका अनुसार, सो महिनामा कूल ७९ हजार सात सय ३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ