-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। तिहारको मुख्य दिन भाइटीकाको अवसरमा काष्ठमण्डपको गोरखनाथ परिसरमा अन्जली श्रेष्ठले सामूहिक भाइटीका लगाइदिएकी छिन्।
दिदीबहिनी नभएका र सामूहिक रूपमा टीका लगाउन चाहनेहरूका लागि गोरखनाथ परिसरमा यो विशेष कार्यक्रम आयोजना गरिएको थियो।
अन्जली श्रेष्ठले परम्परानुसार दाजुभाइहरूको दीर्घायु र सुख समृद्धिको कामना गर्दै टीका र माला लगाइदिएकी हुन्।