विकासका चुनौती सामना गर्न सूचना प्रविधिको महत्त्वमा जोड
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ७ शुक्रबार
1.1k
Shares
काठमाडौं । आज (अक्टोबर २४) विश्वभर विश्व विकास सूचना दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको साधारण सभाले सन् १९७२ मा यो दिवस स्थापना गर्ने निर्णय गरेसँगै त्यसयता हरेक वर्ष यो दिन मनाइँदै आएको छ।
यो दिवस मनाउनुको मुख्य उद्देश्य सूचना र सञ्चार प्रविधिहरूले विकासका चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा, नयाँ समाधान प्रदान गर्न सम्भव छ भन्ने सन्देश दिनु हो।
यस दिवसले आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिनका लागि सूचना प्रविधिको भूमिकालाई उजागर गर्दछ।