arrow

दुर्गा प्रसाईंसँग मानव अधिकार आयोगले गर्‍यो छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
durga-prasai-aayog.jpg

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' का संयोजक दुर्गा प्रसाईंसँग छलफल गरेको छ।

प्रसाईंले आगामी मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेपछि आयोगले बुधवार उनीसँग छलफल गर्दै आन्दोलनका बारेमा चासो राखेको हो। संयोजक प्रसाईंले आयोगका अध्यक्ष तपबहादुर मगरले आन्दोलनको स्वरुपका बारेमा आफूसँग चासो राखेको जानकारी दिए।

आन्दोलनको स्वरुपबारे स्पष्ट पार्दै प्रसाईंले यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको दाबी गरे। उनले आन्दोलनको क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै कुरा बन्द हुने बताए। उनले यो आन्दोलन व्यवस्था परिवर्तन को लागि गर्न लागिएको समेत स्पष्ट पारे।

प्रसाईंले आन्दोलन सफल पार्नका लागि सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा सञ्चय गरेर राख्न आग्रह गरेका छन्। उनले आन्दोलनको बारेमा आयोगलाई पनि अग्रिम जानकारी गराएको बताएका छन् र आन्दोलनको समयमा निजामती कर्मचारी र प्रहरीलाई समेत बिदा बस्न अनुरोध गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ