जेन-जी आन्दोलन छानबिन: जेलबाट बाहिर निस्केको विषयमा रविमाथि सोधपुछ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
1k
Shares
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ।
उनलाई जेन-जी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयानका लागि ल्याइएको हो।
उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आफ्नो कार्यालयमा ल्याएर सभापति लामिछानेसँग सोधपुछ गरेको छ।
उनलाई करिब सात घण्टा सोधपुछ गरेर नख्खु कारागारमै फर्काइएको छ ।
रविले नक्कली कागजात बनाएर कारागारबाट रास्वपाका नेता कार्यकर्तासहित जेन-जी आन्दोलनको मौका पारेर भदौ २४ गते बाहिरिएको आरोप छ ।
उनी बाहिरिएसँगै करिब १४ हजार कैदीबन्दी बाहिरिएका थिए । पाँच हजार भन्दा बढी संगीन अपराधका अपराधीहरू बाहिरै रहेको बताइएको छ ।
उनीहरूमध्ये कतिपय अपराध कुकर्ममा सक्रिय भएकोसमेत पाइएको छ ।
धेरै आलोचना भएपछि र कारागारले बाहिरिएका सबैलाई फेरि फिर्ता आउन उर्दी जारी गरेसँगै रवि पनि कारागार गएका थिए ।
यसअघि आयोगका प्रतिनिधिहरू कारागारमा समेत पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए।