arrow

जलवायु सङ्कट

अन्तर्राष्ट्रिय वाचामा विश्व समुदाय 'असफल' भएको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
hot-day-children-2024.jpg

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो अन्तर्राष्ट्रिय वाचामा विश्व समुदाय 'असफल' भएको घोषणा गरेका छन्। उनले बिहीबार ब्राजिलमा विश्व नेताहरूसँगको एक छलफलमा यस्तो धारणा राखेका हुन्।

कोप–३० जलवायु वार्ता अघि बेलेममा भएको नेताहरूको शिखर सम्मेलनमा महासचिव गुटेर्रेसले भने, “हामी तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएका छौँ। यो विश्वका सबै राष्ट्रको लागि ठूलो लागत र विनाशको कारक बन्नेछ।”

उनले दशकौँको ढिलाइ र अस्वीकार का कारण पेरिस सम्झौताको सबैभन्दा महत्त्वाकाङ्क्षी लक्ष्य (पूर्व–औद्योगिक युगदेखि तापक्रम १.५ डिग्रीभन्दा कम वृद्धिमा राख्ने अवस्था) सुनिश्चित गर्न नसकिएको बताए।

गुटेर्रेसले यस असफलतालाई "नैतिक असफलता हो र घातक लापरवाही हो" भनी टिप्पणी गरे।

यद्यपि, महासचिवले जीवाश्म इन्धनहरू चरणबद्ध रूपमा बन्द गर्नेजस्ता द्रुत कार्यहरूद्वारा विश्वले अझै पनि क्षतिलाई कम गर्न सक्ने बताएका छन्, तर यसका लागि सबै राष्ट्रको तत्परता आवश्यक रहेकोमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ