arrow

मानवअधिकार आयोगको उच्चस्तरीय भेटघाट: भारतसँग द्विपक्षीय सहकार्य र अनुभव आदानप्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
nepal-india-human-right.jpg

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष माननीय तप बहादुर मगरको नेतृत्वमा भारत भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले २०८२ मङ्सिर १ गते भारतको राष्ट्रिय मानवअधिकार आयोगसँग उच्चस्तरीय भेटवार्ता गरेको छ।

भेटका क्रममा नेपालको आयोगले भारतका अध्यक्ष न्यायमूर्ति भि. रामसुब्रमण्यन र सेक्रेटरी जेनरल भरत लालसँग द्विपक्षीय सहकार्य, समन्वय तथा अनुभव आदान–प्रदानका विषयमा विस्तृत छलफल गरेको आयोगले जनाएको छ। यस छलफलमा राष्ट्रिय मानवअधिकार आयोग नेपालका सचिव मुरारी प्रसाद खरेलसमेत उपस्थित थिए।

सोही दिन आयोग भारतको अनुसन्धान महाशाखा, कानुन महाशाखाका प्रमुख तथा अन्य अधिकारीहरूसँग पनि संयुक्त सत्र बसेर दुवै देशका मानवअधिकार सम्बन्धी काम, अभ्यास र सिकाइका विषयमा अनुभव आदान–प्रदान गरिएको थियो।

भ्रमणका क्रममा नेपाली टोलीले किन इन्डिया नामक सामाजिक संस्थासँग मानव बेचबिखन विरुद्धको काम, स्वदेश फिर्ती प्रक्रियामा देखिने कानुनी चुनौती तथा आपसी सहकार्य विस्तारबारे पनि विस्तृत छलफल गरेको थियो। भेटमा नेपालको आयोगले उद्धार कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यसका साथै टोलीले भारतस्थित नेपाली राजदूतावाससँग पनि परस्पर समन्वय र सहयोगका विषयमा अलग बैठक गरेको थियो।

भ्रमण टोलीमा आयोगका सचिव मुरारी प्रसाद खरेल, उपसचिव लोकनाथ बास्तोला र जीवन नेउपाने, तथा अधिकृतहरू कल्पना बस्याल र लक्ष्मी पौडेल सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ