काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ।
प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठक केहीबेरअघि शुरु भएको हो। बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायत सहभागी छन्।
बैठक बाराको सिमरामा उत्पन्न भएको तनावग्रस्त परिस्थितिबारे छलफल गर्न बोलाइएको हो। जेन–जी युवाहरूले बुधवार सिमरा विमानस्थलमा तोडफोड गरेका थिए। एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।
सिमराको अवस्था बिहीवार पनि सामान्य नभएपछि परिषद् बैठक बोलाइएको हो। आज पनि आन्दोलन जारी राखेपछि बारामा बेलुका ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको छ।