arrow

कुमारी बैङ्क लिमिटेड र बन्दिपुर केबल कार एन्ड टुरिजम लिमिटेडबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
kumari-bank-bandipur-cable-car-tourism.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र बन्दिपुर केबल कार एन्ड टुरिजम लिमिटेड बिच कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूलाई बन्दिपुर केबल कारबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता बमोजिम बन्दिपुर केबल कार एन्ड टुरिजम लिमिटेडबाट प्रदान गरी आएको सेवाहरूमा कुमारी बैङ्कका ग्राहकहरूलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाइभ इन रेष्ट्रोमा १३% सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ। बैङ्कको तर्फबाट बैङ्कका गण्डकी प्रदेश प्रमुख सुदर्शन जङ्ग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठ बिच मिति २०८२-०८-०७ मा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

विगत २४ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ