arrow

सामाजिक सुरक्षा कोषले गर्‍यो एक सय २६ अर्ब रकम लगानी 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
kabiraj-adhikari-samajik.jpg

काठमाडौँ । सामाजिक सुरक्षा कोषले एक खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित एक सय २६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिए । 

आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा उनले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताए । 

कार्यकारी निर्देशक अधिकारीकाअनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतिमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, चार अर्ब ५२ करोड डिबेञ्चरमा, एक अर्ब ९५ करोड म्याचुयल फण्डमा लगानी गरेको जानकारी दिए । 

यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटी बापत सात अर्ब ७९ करोड ८३ लाख रकम लगानी गरेको छ ।

योगदानकर्ता सापटीअन्तर्गत कोषले वार्षिक ५दशमलव२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५दशमलव८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिनेगरी अधिकारीले बताए । 

कार्यकारी निर्देशक अधिकारीले भने, ‘योगदानकर्ता सापटीअन्तर्गत कोषले वार्षिक ५दशमलव२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५दशमलव८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिने गरेको छ ।

योग्य योगदानकर्तालाई सहुलीयतपूर्ण सापटी लिनसमेत आग्रह गर्दछु। बैंकिङ क्षेत्रमा अधिक तरलताका कारणले प्रभावकारी रुपमा लगानी गर्न सकिएको छैन । यो अल्पकालीन चुनौती हो ।

कोषको योजनाको प्रभावकारी कार्यान्वयनमार्फत वार्षिक एक खर्बसम्म संकलन गर्न सक्ने र त्यो रकमलाई राज्यको पूर्वाधार निर्माणमा लगाउन सकिने सम्भावना छ । वैदेशिक क्षेत्रको नियमितता गर्नु, अनौपचारिक क्षेत्रको सहयोगदानको सुनिश्चितता गर्दै आवद्धता गर्नु कोषको चुनौती हो ।’

अधिकारीका अनुसार कोषमा श्रमिकको आवद्धताका लागि एक सय १४ ओटा पालिकासँग एमओयू गरिसकिएको बताए ।

केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ