arrow

मानवअधिकार सम्मान र पुरस्कार घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
manab-adhikar_aayog.jpg

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि योगदान गर्ने मानव अधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ । 

आयोगका  सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिस समितिको बसेको बैठकले सो निर्णय गरेको हो । 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार स्व दयाराम परियार स्मृति सम्मान-२०८२,  शङ्कर लिम्बू (इलाम), मानव अधिकार पुरस्कार-२०८२ पत्रकार मेनुका ढुङ्गाना (अछाम)लाई दिने निर्णय गरिएको छ । 

लिम्बू आदिवासी जनजातिको अधिकारका लागि लामो समयदेखि अनवरत रुपमा कार्यरत छन् । 

यसैगरी ढुङ्गाना अछाममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरुका सवाललाई जुझारु रुपमा उठान गरेका थिए ।

मानव अधिकार सम्मान र पुरस्कारको राशि जनही रु ५० हजारसहित सम्मानपत्र/प्रमाणपत्र रहेको छ । 

सम्मान र पुरस्कार २०८२ मङ्सिर २४ गते अन्तरराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को कार्यक्रमका बीच प्रदान गरिने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ