काठमाडौँ । जेन-जी समूह र सरकारबीच बुधबार सिंहदरबारमा सम्झौता भएको थियो । जेन-जी आन्दोलन संस्थागत गर्नेगरी भएको सम्झौतामा हस्ताक्षर लगत्तै जेन-जीहरूको एउटा पक्षले प्रधानमन्त्री कार्यालयमा विवाद गरेका थिए । विवादपछि उनीहरूले सम्झौताको प्रति पनि च्यातिदिएका थिए ।
जेनजी प्रतिनिधि र सरकारबीच सम्झौता र प्रधानमन्त्री सुशीला कार्कीको सम्वोधनपछि जेनजी युवायुवती आपसमा झगडा गरेका हुन् ।
प्रधानमन्त्रीको सम्वोधनपछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै कराउन थालेकी थिइन् ।
अर्का युवाले केही सीमित व्यक्तिहरूले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए ।
अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो ।