arrow

जेन–जी आन्दोलनका क्रममा कति भयो क्षति, यस्तो छ समितिको प्रतिवेदन

८४ अर्ब ४५ करोडको क्षति: पुनर्निर्माणका लागि ३६ अर्ब आवश्यक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
samiti-pratibedans.jpg

काठमाडौँ)। जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ।

राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा गत असोज ५ गते गठित उक्त समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो। संयोजक पन्थले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदनको सारांश प्रस्तुतीकरण पनि गरेका थिए।

प्रतिवेदनअनुसार, जेन–जी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति पुगेको थियो, जसबाट ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित भएका छन्। समग्र भौतिक क्षति हेर्दा यस आन्दोलनबाट ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको नोक्सान भएको समितिको मूल्यांकन छ।

मानवीय क्षति तर्फ, भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कुल ७७ जनाको ज्यान गएको छ। साथै २ हजार ४२९ जना घाइते भएकामा १३ देखि २८ वर्ष उमेर समूहका मात्रै १ हजार ४३३ जना छन्।

भौतिक क्षतिको विवरण: कुल २ हजार ६७१ भवनहरूमा क्षति पुगेको छ, जसको मूल्यांकन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर छ। यसैगरी, १२ हजार ६५९ वटा सवारी साधन क्षतिग्रस्त हुँदा १२ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ बराबरको नोक्सान भएको छ। सरकारी/सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ, जसमा सङ्घीय सरकारको ६८ प्रतिशत, प्रदेशको १० प्रतिशत र स्थानीय तहको २२ प्रतिशत क्षति रहेको छ। 

निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर र सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। समितिले पुनर्निर्माण कार्ययोजना पनि पेस गरेको छ, जसअनुसार पुनर्निर्माण गर्न ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ