विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित नगरे सडकमा उत्रिने चेतावनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
778
Shares
काठमाडौँ । स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चितताको माग गर्दै जेन-जी अभियन्ताहरूले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार उनीहरूले निर्वाचनमा विदेशमा रहेका २० लाख बढी नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका हुन् ।
जेन-जी अभियन्ता शिरिष साहीले एउटा राजनीतिक दलले प्राप्त गर्ने मत भन्दा बढी नेपाली विदेशमा रहेका र उनीहरूले मताधिकारको प्रयोग गर्न पाउनुपर्ने माग आफूहरूको रहेको बताए ।
आम नागरिकको लडाईं हरेक नागरिकको मताधिकार सुनिश्चित हुनुपर्ने बताए ।
जेन-जी अभियान्ता प्रकृति ढकालले नेपाली अट्ने नेपाल ठूलो रहेको बताउँदै मत दिन पाउने अधिकारबाट वञ्चित नगराइदिन आग्रह गरेको बताए ।
स्रोत साधनको समस्या देखाएर सधैँ पन्छिन नमिल्ने उनको भनाइ छ ।
विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न नसके सडकमा आन्दोलन गर्ने चेतावनी दिए ।
संसारमा एक सय १५ वटा भन्दा बढी देशले विदेशमा रहेका आफ्ना नागरिकको मताधिकार सुनिश्चित गरिसकेको दाबी गर्दै नेपालले गर्न नसक्ने भन्ने नहुने बताए ।
उनीहरूले अन्तरजिल्ला मतदान र प्रवासमा रहेका नेपाली नागरिकको मताधिकारको विषयलाई लिएर आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।