arrow

जेन–जी आन्दोलनका घाइतेलाई मासिक भत्ता: सरकारले सुरु गर्‍यो चार तहको वर्गीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
genZ-government-82-8-24mmm.jpeg

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाएको छ।

जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको अपाङ्गताको अवस्था र चोटको गम्भीरताका आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने उद्देश्यले मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिलाई गृह मन्त्रालयले कार्यान्वयनमा ल्याएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको वर्गीकरणका लागि सिफारिस गर्नेछन् भने सोही सिफारिसका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विवरण प्रमाणित गर्ने व्यवस्था मिलाइएको छ।

नयाँ कार्यविधि अनुसार घाइतेहरूको अपाङ्गताका आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा एउटा प्राविधिक समिति गठन गरिएको छ जसले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चारवटा श्रेणीमा विभाजन गर्नेछ।

यसरी वर्गीकरण गरिएका मध्ये अतिगम्भीर घाइतेहरूले जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ र गम्भीर घाइतेहरूले मासिक नौ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने मध्यम प्रकृतिका घाइतेहरूका लागि मासिक चार हजार रुपैयाँ भत्ताको व्यवस्था गरिएको छ।

गृहमन्त्री अर्यालको सक्रियतामा जनभावना अनुरूप घाइतेहरूको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएबमोजिम वर्गीकरण सहजीकरण समितिले अहिले यो प्रक्रियालाई द्रुत गतिमा अघि बढाइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ